धा

ना. [सं.]

  1. सङ्ख्यावाचक तथा परिमाणवाचक शब्दका पछाडि जोडिएर अधिकतम, प्रकार, चोटि, खण्ड आदि बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- बहुधा, द्विधा, शतधा आदि)।
  2. धारण गर्ने, धारक।
  3. बृहस्पति।
  4. ब्रह्मा।
  5. सङ्गीतमा धैवत स्वरको वाचक शब्द।
  6. मृदङ्ग, तबला आदिको एक बोल।
  7. देब्रेतिर गजाले र दाहिनेतिर नाङ्गा हातले ठोकेर बजाइने विशेषतः बौद्धमार्गीहरूमा प्रचलित एक प्रकारको ढोलकजस्तो बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)