धातुवाद
ना.
- खानीबाट निकालिएका कच्चा धातुहरूलाई रासायनिक प्रक्रियाद्वारा साफ गरेर सुन, चाँदी आदि विशुद्ध धातु बनाउन सिकाउने विद्या।
- सबै शब्द धातुबाटै विकसित भएका हुन् भन्ने भाषाशास्त्रीय एक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)