धार
ना. [सं.]
- नदी वा समुद्रको पानीको प्रवाह; पानी आदिको बगाइ।
- वर्षाकालमा जम्मा गरिएको पानी।
- एक्कासि बर्सिएको मुसलधारे वर्षा।
- कुनै हतियारको काट्ने तिखो र पातलो भाग; किनारा।
- पानी आदिको मध्य भाग; बिच; अन्तर।
- कुनै वस्तुको रेखा; डोरो।
- लिने, थाम्ने वा बोक्ने (जस्तो- कर्णधार, सूत्रधार इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)