धारणा

ना. [सं.]

  1. धारण गरिने अवस्था, क्रिया, गुण वा भाव।
  2. कुनै कुरा मनमा धारण गरिने शक्ति; बुद्धि; सम्झना; अक्किल।
  3. मनमा भएको दृढ निश्चय; सद्विचार।
  4. मर्यादा।
  5. स्मृति; याद।
  6. योगमा ब्रह्मको मात्र ध्यान रहने मनको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)