धुनु

स.क्रि. [सं. धावन]

  1. कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु।
  2. बिहान उठेर मञ्जन, कुल्ला आदि गरी सबै मुख पखाल्नु; मुखारी गर्नु।
  3. टाढाका साइनुको जुठो हटाउन मुख पखाल्नु।
  4. मनमा रहेको दाग, क्लेश आदि सबै निकाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)