धुपौरे
ना. [धुपौरो+ए]
- धामी बस्नका निम्ति मिलाइएको थानथपनामा सुगन्धित धुवाँ दिनका लागि बसेको व्यक्ति; धूपकारक।
- अह्राइपह्राइ नगरे पनि खुसी पार्न वा साखिलो हुनका निम्ति अर्काको काम गरिदिने व्यक्ति।
- आफ्नो स्वार्थ पूरा गर्न अरूसँग खुसामद गर्दै हिँड्ने व्यक्ति।
- अन्धपरम्परावादी व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)