धुर्

ना. [सं.]

  1. गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउने तेर्सो आग्लो; धुरा।
  2. नारिएका गोरुका काँधमा राखिने, जुवाका बिचमा हल्लुँड बाँधेर हरिस अड्याउने ठाउँ।
  3. धुराका छेउ छेउमा ठाडो पारेर घुसारिने बियो।
  4. अग्लो ठाउँ; टाकुरो।
  5. कुनै पनि ठाउँको सबैभन्दा माथिल्लो स्थान वा भाग; धुरी; टुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)