धृष्ट

वि. [सं.]

  1. सम्झाए-बुझाएको पटक्कै नसम्झने, नबुझ्ने वा चेतावनी दिँदा पनि कहिल्यै नचेत्ने स्वभावको; ढिठ।
  2. समय र ठाउँअनुसारको व्यवहार नजान्ने; असभ्य; अशिष्ट; कोर्काली; गँवार।
  3. निर्लज्ज।
  4. आफ्नो अपराध थाहा पाएर नायिकाले जतिसुकै तिरस्कार गरे पनि उसका पछि लाग्न नछाड्ने ढिठ नायक; धीरोद्धत्तनायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)