धोका

ना. [सं. धूकता]

  1. कसैलाई झुक्याएर वा बहकाएर उसको स्वार्थ तथा बोलीको उल्टो गरिने अनैतिक आचरण; झुटो काम वा व्यवहारद्वारा अरूलाई छकाउने वा ढाँट्ने काम; धोखा।
  2. छल; कपट।
  3. धूर्तता; बेइमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)