धोक्रे

वि. [धोक्रो+ए]

  1. धोक्रो बोक्ने।
  2. धोक्रा बुनेर बेच्ने काम गर्ने।
  3. धोक्रोजस्तो परेको; भद्दा र मोटो कदको।
  4. धोक्रोजस्तो गुँड बनाएर त्यसभित्र बस्ने (किरो)।
  5. धोक्राको मुखजस्तो मोहोता भएको (सुरुवाल, पाइजामा, पाइन्ट)।
  6. तिर्जा खरिद गर्ने ठेकेदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)