ध्वनि

ना. [सं.]

  1. कानले सुन्न सकिने वा सुनिने विषय; श्रवणेन्द्रियको विषय; आवाज; शब्द।
  2. कुनै अर्थ वा आशय नखुल्ने शब्द वा आवाज (पशुको ध्वनि, बादलको ध्वनि इ.)।
  3. कुनै ठाउँमा शब्द थर्कँदा फर्केर आउने आवाज; प्रतिध्वनि; घन्को।
  4. कुनै कथन वा उक्तिको वाच्यार्थ तथा लक्ष्यार्थलाई छाडेर अर्थभित्र पनि लुकेर रहने चमत्कारी अर्थ; गूढार्थ; व्यङ्ग्यार्थ; ध्वन्यार्थ।
  5. मुखबाट उच्चरित हुने आवाज।
  6. कुनै अवस्थामा पनि खण्डित हुन नसक्ने भाषाको निम्नतम एकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)