ध्वनिनियम
ना. [सं.]
- एक परिवारका दुई वा दुईभन्दा बढी भाषाका बिचमा रहने भिन्नताको एक निश्चित आधार (जस्तै- सं. भ्रातृ-ग्रि. फ्रातिर, सं. घर्षित-ग्रि. थर्सस, सं. मधु- ग्रि. मेथु, सं. धूमः-ग्रि. थूमस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)