नजरबन्द

वि.

  1. कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको (व्यक्ति)।
  2. स्वतन्त्र छोडिदिएमा देशको शान्तिसुरक्षामा खलल पर्ने आशङ्काले घरमै वा अन्यत्र कुनै ठाउँमा राखिएको वा थुनिएको (व्यक्ति)।
  3. इन्द्रजाल वा सम्मोहन विद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)