नमुना
ना. [फा. नमूना]
- कुनै वस्तुको गुण, आकारप्रकार आदि जान्नका निम्ति झिकिएको वा बनाइएको सानो अंश; कुनै वस्तुलाई चिनाउन त्यसैको अनुकरणमा तयार पारिएको वस्तु; बान्की; ढाँचा।
- कुनै वस्तु वा कुनै कुरालाई सम्झाउन प्रस्तुत गरिएको उदाहरण; दृष्टान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)