नरिचो
ना. [सं. नारीक]
- छेउमा नजानिँदो दाँतजस्ता लाम्चा पात हुने, पहेँला फूल फुल्ने, रामतोरियाँका आकारका कोसा फल्ने र बोक्राबाट कागत बनाइने, आयुर्वेदमा अग्निवर्धक र रुचिकारक गुण बताइएको एक जातको सानो बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)