नवीकरण
ना. [सं.]
- कुनै वस्तुलाई नयाँ बनाउने काम।
- अवधि सिद्धिसकेको कुनै कामकुरालाई वैध रूपबाट फेरि लागु गर्ने काम।
- अवधि सकिएका मोटर, बन्दुक र ठेक्कापट्टा आदिका इजाजतपत्रलाई फेरि समय थप्ने काम।
- नवीनीकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)