नशा

ना. [अ.]

  1. खाएपछि मानिसमा मानसिक असन्तुलन पैदा गर्ने पदार्थ; मादक पदार्थ; लागु वस्तु; अम्मल।
  2. राम्रोनराम्रो जस्तोसुकै भए पनि कुनै काममा तल्लीनतासाथ लाग्ने मानसिक प्रवृत्ति।
  3. लागु पदार्थले होस बिग्रेको अवस्था।
  4. अम्मल; लत।
  5. घमन्ड; अभिमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)