नाइटो
ना. [सं. नाभिट > प्रा. णाभिटो > नाहिटो]
- जरायुज प्राणीको गर्भावस्थामा नाल जोरिने, पेटको शिशुलाई खाद्य प्रदान गर्ने तर जन्मिएपछि भने कुनै खास उपयोगमा नआउने पेटका माझको खाल्टो।
- मदानीको मथ्नेतिरको तल्लो छेउ; सूर्यदर्शन गराउनु हुँदैन भन्ने विश्वासले मदानी कोठाबाहिर लग्नुपरेमा पातले छोपेर मात्र बाहिर ल्याइने मदानीको सोही भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)