नागदन्ती
ना.
- घिउकुमारीका जस्ता तीन-चार फिट लामा हुप्प फुलेका हरिया पात र सेता बास्ना आउने फूल फुल्ने र खैरो जरो हुने, आयुर्वेदमा जरालाई शक्तिवर्द्धक र कफनाशक तथा पातलाई विषनाशक र चर्मरोग शमन गर्ने बताइएको एक प्रकारको बुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)