नागदह
ना.
- पौराणिक परम्पराअनुसार नागले वास गर्ने जलाशय; नाग बस्ने दह।
- काठमाडौँको चोभारमा रहेको प्रसिद्ध ऐतिहासिक दह।
- तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
- प्रागैतिहासिक कालमा हाल काठमाडौँ उपत्यका भएको ठाउँको एक विशाल जलाशय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)