नागी

ना. [सं. नाग+ई]

  1. विकलाङ्ग शिशु नजन्मून् र जन्मेका शिशुलाई रोग नलागोस् भनी गरिने (राई-लिम्बू समाजमा प्रचलित) एक प्रकारको पूजा।
  2. बुकीझार हुने लेकाली डाँडा वा चउर।
  3. पहाडको ठुलो र फराकिलो खुइले चउर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)