नाघ्नु
स.क्रि. [सं. लङ्घन+नु]
- सजीव वा निर्जीव कुनै वस्तुलाई आफ्नो मुनि पारेर जानु वा उड्नु; सोझै माथिबाट जानु; फड्कनु।
- कुनै नियम, मर्यादा आदिको विपरीत आचरण गर्नु।
- भनेको नमान्नु; नटेर्नु।
- क्रमभङ्ग गर्नु; सिलसिला तोड्नु।
- कसैलाई उछिन्नु; अघि जानु वा अघि हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)