नाथ

ना. [सं.]

  1. मालिक; स्वामी।
  2. पति।
  3. ईश्वर।
  4. मालिक, पति, ईश्वरलाई गरिने एक प्रकारको सम्बोधन।
  5. गोरखनाथ वा मत्स्येन्द्रनाथका मतानुयायी साधुहरूको एक उपाधि।
  6. राँगो, गोरु आदिका नाकमा लगाइने डोरी; नत्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)