नाप्नु
स.क्रि. [सं. मापन]
- कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण लिनु; नापो लिनु; नापी गर्नु।
- जोख्नु; भर्नु; तौलनु; परिमाणको निर्णय लिनु।
- कसैले कुनै काम गर्छु भनी घमन्ड गरेर पनि काम फत्ते गर्न नसक्दा 'खुब गरिस्' भनी व्यङ्ग्य गर्नु; खुइभ्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)