नाभि

ना. [सं.]

  1. नाइटो।
  2. गाडी आदिको बिचको धुरा छिराउने प्वाल।
  3. कुनै गाउँठाउँ वा समाजको मुख्य मान्छे; प्रधान; मुखिया।
  4. कस्तूरी मृगको नाइटोनिर हुने सुगन्धी द्रव्य; बिना।
  5. ग्राह, सर्प, माछो आदिको लिङ्ग।
  6. काठ आदिको भित्री भाग; चुरो।
  7. कुनै पनि वस्तुको केन्द्रीय भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)