नाल

ना.

  1. घरको फोहोर मैला, जुठो आदि फाल्ने ठाउँ; रछान।
  2. कमलको डाँठ।
  3. नली; ढुङ्ग्रो।
  4. फोहोर पानी बग्ने ठाउँ वा निकास (ढल, डुँड, पाइप आदि)।
  5. बालकका नाभिको आन्द्रो; साललाई नाइटामा जोड्ने अवयव।
  6. बन्दुक, तोप आदिको गोली निस्कने नली।
  7. थाम वा गारोले छुट्ट्याइने घरको खण्ड।
  8. कोदालीको पासो र पाताका बिचको बाङ्गो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)