निकट

ना.यो. [सं.]

  1. नाम, सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएझैँ मिल्ने छेउ वा समीपको अर्थ बुझाउने एक प्रकारको अव्यय।
  2. पास; नजिक; समीप।
  3. नजिकको; वरको; आत्मीय; घनिष्ठ। (उदा.- रामका लागि लक्ष्मणभन्दा निकट सीता नै ठहरिन्छिन्)।
  4. समीपमा; नजिकै। (उदा.- तिमी मेरै निकट छौ)।
  5. नजिकको स्थिति वा नजिक हुनाको अवस्था वा परिस्थिति; सामीप्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)