निकाल्नु
स.क्रि. [निष्कासन+नु]
- भित्र भएको कुनै वस्तु बाहिर झक्नु वा अन्यत्र कतै पठाउनु।
- कुनै व्यक्तिलाई कुनै देश, ठाउँ, कामकाज आदिबाट हटाउनु।
- बसिरहेको देश, ठाउँ आदिबाट लखेट्नु; धपाउनु।
- थुनिएको वा रोकिएको कुनै व्यक्ति वा वस्तुलाई छुटाउनु; बन्धनबाट मुक्त पार्नु।
- लुकिरहेको वस्तुलाई बाहिर प्रकट गर्नु; प्रकाशमा ल्याउनु।
- अरूले पत्ता नलगाएको कुरो वा वस्तु पत्ता लगाउनु; कुनै नयाँ कुरो वा वस्तुको आविष्कार गर्नु।
- फुर्ती, ढाँचा आदि झक्नु।
- कुनै पदार्थमा बुट्टा वा बान्की निकाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)