निग्रह

ना. [सं.]

  1. मन, इन्द्रिय आदिलाई छाडा हुन नदिएर आफ्नो वशमा राख्ने काम; रोक्ने काम; नियन्त्रण; रोक।
  2. उच्छृङ्खल काम-कुरा गर्ने व्यक्तिलाई दिइने दण्ड वा सजाय; यातना; पीडा।
  3. दान दिइएको वस्तु फिर्ता लिँदा दिइने मूल्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)