निचोर्नु
स.क्रि. [सं. निच्युतन]
- हातले वा अन्य कुनै साधनले दुईतिरबाट च्यापेर वा अँठ्याएर कुनै वस्तुको रस चुहिने गरी निकाल्नु।
- बेसरी थिच्नु।
- भएजति सबै झक्नु; निथार्नु।
- कुनै जुक्ति-बुद्धिले अर्काको मनको कुरा लिनु।
- माड्नु; मिच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)