निदाउनु

अ.क्रि. [सं. निद्रा+आउ+नु]

  1. प्राणीहरूका जीवित अवस्थामा हुने अधिकांश चेतनावृत्ति रोकिएर निश्चेष्ट भई शारीरिक, मानसिक आदि विश्रान्ति पाउनु; निद्रामा पर्नु; सुत्नु।
  2. हातगोडामा रक्तसञ्चार बन्द भई झमझमाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)