निदान
ना. [सं.]
- कुनै कार्यको आदि कारण; प्रमुख कारण; मुख्य हेतु।
- डाक्टर, वैद्य आदिद्वारा रोगीको रोग खुट्ट्याउने काम; रोगीको रोगको निर्णय।
- कुनै कुराको अन्तिम निष्कर्ष; परिणाम; निचोर; आखिर।
- शुद्धता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)