नियमित

वि. [सं.]

  1. नियममा बाँधिएको; नियमबद्ध।
  2. नियम वा काइदाअनुसारको।
  3. कार्यालय वा शिक्षण संस्था आदिमा प्रायः सधैँ र ठिक समयमा उपस्थित हुने।
  4. सबै कुरा ठिकठिक समयमा भइरहने।
  5. निश्चित; निर्धारित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)