निर्द्वन्द्व
वि. [सं.]
- कुनै प्रतिद्वन्द्वी नभएको विरोधी नभएको; द्वन्द्वहीन।
- आफूखुसी गर्ने; स्वच्छन्द।
- राग, द्वेष, मान, अपमान आदि सांसारिक क्रियाकलापदेखि निवृत्त भएको।
- चिसो-तातो, सुख-दुःख आदि द्वन्द्वात्मक धारणाको प्रभावदेखि मुक्त भएको; वीतराग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)