निशोथ
ना. [सं.]
- दुई वा तीन वर्षमा एकपल्ट मात्र फुल्ने, पानका आकारका पात, हरिया फूल र खैरा फल लाग्ने एक जातको रौँदार नरम लहरा। (यसका हरिया डाँठमा सेता, काला र राता धर्सा गरी तीन भेद छन्। आयुर्वेदमा यसको गुण ज्वररेचक, वायुनाशक र सर्प तथा बिच्छीले टोकेको विष शमन गर्ने बताइएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)