निष्परिग्रह
वि. [सं.]
- विषयको जन्जालमा नफसेको; आसक्तिहीन; वासनारहित।
- जहान, परिवारको सङ्ग्रह नगर्ने; विवाह नभएको; अविवाहित।
- कुनै पनि दान नलिने; अपरिग्राही।
- दण्ड, कमण्डलु आदिको समेत सङ्ग्रह नगर्ने सन्न्यासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)