नीति

ना. [सं.]

  1. विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण; आचारपद्धति; आचारसंहिता।
  2. त्यस पद्धतिबाट हिँड्दा अँगाल्नुपर्ने नियम।
  3. कुनै सरकार वा संस्था आदिले आफ्नो कार्यसञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त।
  4. उपाय; युक्ति।
  5. राज्यसञ्चालनका चार प्रमुख उपाय- साम, दाम, दण्ड र भेदमध्ये कुनै एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)