नेपथ्य

ना. [सं.]

  1. नाट्यशालामा अभिनय गर्ने पात्रहरूले पोसाक बदल्ने र सिँगारपटार गर्ने, पर्दापछाडिको छुट्टै ठाउँ; रङ्गमञ्चभित्रको कोठा; नाचघरको पर्दाभित्रको भाग।
  2. वेशभूषा; सिँगारपटार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)