न्याय

ना. [सं.]

  1. सुहाउँदो वा उचित कुरो; मनासिब तथ्य; इन्साफ; निसाप; नियाँ।
  2. मुद्दामामिलामा विभिन्न प्रमाण बुझी वादी वा प्रतिवादी कुनै एकका पक्षमा गरिएको निर्णय; फैसला।
  3. कुनै विषयबारे तर्कपूर्ण विवेचना गर्ने छ दर्शनमध्ये एक दर्शन।
  4. नीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)