न्यास
ना. [सं.]
- राख्ने काम; स्थापना।
- धरौट; निक्षेप।
- सुरक्षित गरी राखिदिनुपर्ने अर्काको माल; नासो।
- तान्त्रिक पद्धतिका अनुसार देवताका विभिन्न अङ्ग सम्झेर मन्त्र पढ्दै आफ्ना शिर, काँध आदि अङ्ग छुने काम।
- गायनको समाप्तिमा प्रयुक्त हुने स्वर।
- छोड्ने काम; त्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)