न
अव्य. [सं.]
- क्रियापदको अगाडि, पछाडि वा बिचमा आएर निषेध बुझाउने शब्द (नगर्नु, नखानु, नजानु, भन्दिन, गर्दैनथ्यो, गर्दैन होला इ.)।
- कार्य वा विषय आदिको अभाव वा निषेध बुझाउने शब्द; अहँ; नाइँ।
- शब्दको अगाडि लागेर उल्टो अर्थ बुझाउने शब्द (नकाम, नराम्रो, नजाती इ.)।
- दुई शब्द वा वाक्यका बिचमा प्रयोग भएर दुवैलाई जोड दिने शब्द (रुनु न हाँस्नु, देख्नु न सुन्नु, उनी न जान्छन् न बस्छन् आदि)।
- शब्द वा वाक्यलाई जोड दिन प्रयोग गरिने शब्द (उदा.- हेरूँ न के गर्छ!)।
- प्रश्न गर्दा वा सही थाप्न लाउँदा वाक्यको बिचमा वा अघिल्तिर प्रयोग गरिने शब्द (उदा.- उसले न भन्या हो! न उसले भन्या हो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)