पकाउनु
स.क्रि. /प्रे.क्रि.
- अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाका आँचमा गलाउनु; खान लायक बनाउनु; परिपक्व पार्नु।
- आलु, तरुल आदिलाई आगाका कोइला वा भुतभुतेमा घुसारेर गलाउनु।
- फलफूल आदिलाई खान योग्य तुल्याउनु; पाक्ने पार्नु।
- खटिरा, फोका आदिलाई उपचारद्वारा पिपभरिने पार्नु।
- नोकरी वा कुनै किसिमको कामद्वारा पारिश्रमिक वा ज्याला आर्जन गर्नु।
- आलाकाँचा व्यक्तिलाई शिक्षा, उपदेश आदिद्वारा प्रबुद्ध वा पाको गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)