पक्क

क्रि.वि. [अ.मू. पक्+क]

  1. हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल।
  2. पाप्रो, बोक्रो, भुईँमा दबिएको ढुङ्गो आदि सजिलैसित उक्कने किसिमले; पक्लक्क।
  3. मुख बाउने गरी।
  4. बोल्दा सोचविचारै नगरीकन।
  5. एकाएक मर्ने वा ढल्ने गरी।
  6. डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले; प्वाक्क।
  7. खाद्य पदार्थ हलुका तवरले मुखमा हालेर क्वाप्प; ख्वाप्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)