पक्ष
ना. [सं.]
- उड्ने जीवजन्तुहरूको शरीरका दुवैपट्टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग; पखेटा।
- ढोकाका फग्लेँटा वा खापा; द्वार।
- कुनै वस्तुका दायाँ-बायाँ रहने अवयव; पार्श्व।
- कुनै वस्तुको आधा भाग।
- प्रतिपदादेखि औँसी वा पूर्णिमासम्मका पन्ध्र दिन; चान्द्रमासको आधा महिना।
- कुनै विषयका अनेक तत्त्व वा दल।
- झगडा वा विवाद गर्नेहरूमध्ये कुनै एक व्यक्ति वा दल।
- सहायक वा समान वर्गको जमात।
- बाणका फेदमा लागेको प्वाँख।
- नदीको किनारा; तट।
- जमिनको भिरालो भाग; पाखो।
- छानाका दुई भिराला पाटा।
- तिर; तर्फ; पट्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)