पखेटा

ना. [सं. पक्षट]

  1. चराचुरुङ्गीका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिँ जिने र साधारण अवस्थामा जिउमै लेप्सिने, विशेष प्रकारको अङ्ग; पक्षीको उड्ने काममा सहायक अङ्ग।
  2. पार्श्व।
  3. दुईपाखे छानु भएको घरका छानाको कुनै एक पाखो।
  4. पहाडका दुईतिरका पाखामध्ये कुनै एक पाखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)