पगरी

ना. [सं. पक्षटी]

  1. टोपीका सट्टामा शिरमा फनफनी बेरेर लगाइने कपडा; फेटा।
  2. विवाहमा दुलाहाले तथा पुराण भन्दा पण्डितले शिरमा बाँध्ने फेटा।
  3. सरकारी कर्मचारीहरूले लगाउने चाँदतोडासहितको एक प्रकारको टोपी।
  4. सरकारी मान।
  5. कसैले पुरुषार्थ देखाएबापत आक्षेप गरेर भनिने शब्द (उदा.-खुबै ठुलो काम गरिस्, पगरी गुताइमागिनस् त!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)