पचका

ना. [अ.मू. पच+का]

  1. पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढुङ्ग्राका आकारको बाँस, फलाम, पित्तल आदिको साधन; पिचकारी।
  2. स्प्रे गर्ने मेसिनको तरल पदार्थ फाल्ने टुँडोदार अवयव; पच्का।
  3. पम्प सेटको डेलिभरी पाइपको टुप्पाको निपल; सो निपलसहितको डेलिभरी पाइप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)