पच्नु
अ.क्रि. [सं. पचन]
- खाएको कुराले शरीरमा बिगार नगरी तागत आदि दिएर अनावश्यक भाग मलमूत्रका रूपमा परिणत भई मलद्वार वा मूत्राशय आदिबाट जान लायक हुनु; हजम हुनु।
- लिएको वस्तु फर्काउन नपर्ने हुनु; पच हुनु।
- कुनै वस्तु अर्का वस्तुमा गाभिएर समाप्त हुनु; लीन हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)