पछार्नु
स.क्रि. [प्रा. पच्छाडि]
- भुईँमा लडाउनु; गिराउनु; लोटाउनु; ढाल्नु।
- साबुन, सोडा आदि नलगाईकन पानीमा मात्र लुगा आदि धुनु; मयल फाल्न लुगा आदिलाई भिजाएर ढुङ्गा, काठ, सिमेन्टको ढलान आदिमा बजार्नु।
- जित्नु; पराजित गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)