पञ्चनद

ना.

  1. पन्जाब प्रदेशमा बग्ने झेलम, व्यास, राबी, चिनाव र सतलज- यी पाँच नदीहरूको समूह।
  2. पन्जाब प्रदेश।
  3. किरण, धूतपापा, सरस्वती, गङ्गा र यमुना- यी पाँच नदीहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)